गोरखा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको उपस्थितिमा अध्यक्ष प्रचण्डले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । प्रचण्ड र बाबुरामसँगै माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि पुगेका थिए ।
अध्यक्ष प्रचण्ड बाबुरामको साथ पाएपछि चितवन छाडेर गोरखामा उम्मेदवार बनेका छन् । प्रचण्डको उम्मेदवारी मनोनयनको प्रस्तावकमा बाबुराम र समर्थकमा श्रेष्ठ रहेका छन् ।