काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका छन् ।
जनयुद्धकालका सहयोद्धा तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित प्रचण्ड गोरखा पुगेका हुन् ।
सत्ता गठबन्धनको तर्फबाट प्रचण्डले गोरखाको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिँदैछन् । प्रचण्ड चितवन छाडेर गोरखा गएका हुन् । यसअघि गोरखाबाट निर्वाचित हुँदै आएका बाबुराम भट्टराईले उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् ।