काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई ‘महाचोर’ को संज्ञा दिँदै केन्द्रीय सदस्य अम्बिकाप्रसाद अधिकारीले पार्टी परित्याग गरेका छन् ।
शनिबार प्रेस विज्ञप्ति नै जारी गरेर अधिकारीले अरुलाई चोर भन्ने लिङदेन तिनैसँग साँठगाँठ गर्दा महाचोर किन नभन्ने भन्दै असन्तुष्टि जनाएर पार्टी परित्याग गरेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘संघीयताको बिरोध गर्ने तर त्यहीँ चुनावमा भाग लिने, नेता आउदा चोर आयो भन्छन् भन्ने तर तिनीहरुसँगै साँठगाँठ गर्ने नेतालाई आखिर महाँ चोर भन्न मिल्दैन र ?’
अधिकारी चर्चित र्याप गायक मृतक यमबुद्धका बुवा हुन् । अधिकारीले आफूलाई राजावादी भन्ने तर राजाको प्रखर विरवोधीसँग गठवन्धन गर्नेसँग साँठगाँठ गर्नु महाचोर भन्ने अभिव्यक्ति दिएका छन् ।
नीति र सिद्धान्तकै कारणले पार्टीमा लागेका हजारौं नेता कार्यकर्ताहरुको भावना विपरीत मुखले एउटा कुरा अनि व्यवहारमा अर्को कार्य भएकोमा अधिकारीले असन्तुष्टि पोखेका छन् ।