भीम रावलले टिकट नपाएपछि अछाममा विद्रोह, ३८ जनाले दिए सामूहिक राजीनामा (सूचीसहित)
  • मूलधार

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई उम्मेदवार बन्नका लागि टिकट नदिएपछि अछाममा विद्रोह भएको छ ।

रावलले उम्मेदवारको टिकट नपाएपछि एमाले अछाम जिल्ला कमिटी सचिवालयका ४ जनासहित ३८ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

एमाले अध्यक्ष ओलीले रावलको ठाउँमा नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका झपट बोहरालाई अछाम १ मा उम्मेदवार बनाएको छ । तर, जिल्ला कमिटीले भने सर्वसम्मतीले रावलको नाम सिफारिस गरेको थियो ।

तल्लो कमिटीको निर्णयविपरीत नेता, कार्यकर्ता र जनभावना विपरीत नेतृत्वले गरेको निर्णयको घोर भर्त्सना गर्दै शनिबार ३८ जनाले सामूहिक राजीनामा दिएका छन् ।

  • October 8, 2022 प्रकाशित
  • सम्बन्धित