रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बन्ने घनश्याम भुसालकाे तयारी
  • मूलधार

काठमाडौं। नेकपा एमाले पार्टी परित्याग गरेका  एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भुसालको टिकट खोसेपछि सत्तारुढ गठबन्धनको सहयोगमा भुसाल रुपन्देही १ बाटा स्वतन्त्र उम्मेदवार बन्न लागेका हुन् ।

भुसालको उम्मेदवारी साँझसम्म टुंगो लाग्ने बताइएको छ । २०७४ को निर्वाचनमा रुपन्देही ३ बाट भुसाल उम्मेदवार बनेका थिए भने यसपालीको निर्वाचनमा रुपन्देही १ र ३ बाट भुसालको नाम सिफारिस भएको थियो । तर, दुवै क्षेत्रमा उनको नाम काटेर एमाले अरु नै उम्मेदवार छानेको छ ।

 

 

  • October 8, 2022 प्रकाशित
  • सम्बन्धित