काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाललाई एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिव छविलाल विश्वकर्मालाई बुझाएको सूचीमा भुसालको नाम समेटिएको छैन । ओलीले उक्त प्रदेशको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची विश्वकर्मालाई बुझाएका छन् । तर, उक्त लिस्टमा भुसालको नाम समावेश छैन ।
अछाम १ मा भीम रावललाई पनि टिकट नदिएका ओलीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका भुसालको टिकट खोसेका छन् ।
एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभामा भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस गरेको थियो । तर, ओलीले भुसालको नाम काटेका छन् । रुपन्देही ३ मा राप्रपाले पाउनुपर्ने भनेको छ तर टुंगो लागेको छैन ।