बेमाैसमी वर्षाले उर्लिएको कालीगण्डकी (तस्वीरहरु)
  • मूलधार

बेनीबजार । दुई दिनदेखिको बेमाैसमी अविरल वर्षाले कालीगण्डकीको पानीको बहाब बढेको छ । पानीको बहाबसँगै उर्लिएको कालीगण्डकीले आसपासका स्थानीयहरु त्रसित बनेका छन् । बेनीबजारका आसपास क्षेत्रका बाटो भत्किएर गाडी गुड्न नसक्ने अवस्था छ भने वर्षाले उत्तिकै जनजीवन पनि प्रभावित पारेको छ ।

निश्चित गन्तव्यका लागि हिँडेका पर्यटहरु अहिले बेनी बजारबाटै पोखरा फर्किने तयारीमा रहेको पथप्रदर्शक (माउन्टेन गाइड) छिरिङ जाङबु शेर्पाले बताए । उनले भने, ‘धेरै पर्यटकहरु यहाँबाट पोखरा नै फर्केर जाँदै छन् । हामी दुई रात भयो बेनीमा बसिरहेको तर, वर्षाले बाटोमै रोकिनुपरेको छ ।’

उनका अनुसार दशैँको छेकमा त्यहाँका सबै डोजर अपरेटर्सहरु नभएकाले भत्केको बाटो बनाउन निकै सकस परिरहेको छ । केही दिनदेखिको अविरल वर्षा देशभर परिरहेको छ । वर्षाले कतै भलबाढी त कतै डुबान परेको छ ।

 

  • October 6, 2022 प्रकाशित
  • सम्बन्धित