राष्ट्रपतिले गुरूहरूलाई यसरी लगाइन् टीका (तस्वीरहरु)
  • मूलधार

sf7df8f}F, !( c;f]h . /fi6«klt ljBfb]jL e08f/L /fi6«klt ejgdf cfof]lht 6Lsf sfo{qmddf ljhof bzdL lbg a'waf/ /fi6«klt sfof{nosf d"nk"hf/L v]drGb| 9sfnnfO{ 6Lsf tyf k|;fb lbg'x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन्। टीका ग्रहणपछि गुरुहरुलाई भुईंमा बसाएर राष्ट्रपतिले पनि टीका लगाइदिएकी छन् । बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन्।

राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट व्यक्तित्व र ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नेछन्।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

  • October 5, 2022 प्रकाशित
  • सम्बन्धित