घोराही । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराकै अनुरोधमा समानुपातिकको बन्द सूचीबाट उनको नाम हटाइएको छ ।
माओवादी केन्द्रबाट निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउँदा महराको नाम पहिलो नम्बर भए पनि महराकै आग्रहमा उनको नाम हटाइएको हो ।
महराले अब पूरानालाई होइन नयाँलाई मौका दिनुपर्ने भन्दै समानुपातिकबाट पछि हटेको सञ्चारकर्मीसँग भनेका छन् । आफूले धेरैपटक चुनाव जितेकाले अब नयाँलाई मौका दिनुपर्ने उनको भनाइ थियो । महराले २०४८ सालदेखि २०७४ सालका निर्वाचनमा जित हासिल गरेका छन् ।