काठमाडौँ । माओवादी केन्द्रका नेता छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
२०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचन जितेका लामालाई बालकोटमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीले खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका लामा २०७४ को सालमा माओवादीले हुम्लामा टिकट नदिएपछि विद्रोह गरेर सबैभन्दा कम ४७ मतान्तरले चुनाव जितेका थिए । लामा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट निर्वाचित भएका थिए ।