द्वारिकलाल चौधरी माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
  • मूलधार

काठमाडौं । इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् ।

आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै निवास खुमल्टरमा चौधरीलाई खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चौधरीलगायत एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको जानकारी दिएका हुन्।

स्रोतका अनुसार प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि चौधरी माओवादी प्रवेश गरेका हुन् ।नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत रहेका चौधरी सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् । थारु बाहुल्य क्षेत्र रहेकाले उनलाई टिकट दिन माओवादी केन्द्र तयार भइसकेको छ ।

  • October 2, 2022 प्रकाशित
  • सम्बन्धित