अविवाहित गायक राजेशपायल राईलाई पुत्रलाभ ?
  • मूलधार

 काठमाडौं । अविवाहित भन्दै आएका गायक राजेशपायल राईलाई पुत्रलाभ भएको छ । काठमाडौंकै ह्याम्स अस्पतालमा दुई महिनाअघि उनलाई पुत्रलाभ भएको समाचार स्रोतले बताएको हो। तर, हालसम्म गायक राईले यसबारे आधिकारीक रुपमा जानकारी दिएका छैनन् ।

स्रोतका अनुसार राजेशपायल सङबुङ राईसँग विगत केही वर्षदेखि लिभिङ टुगेदरमा थिए । लिभिङ टुगेदरकै क्रममा सङबुङले सन्तानलाई जन्म दिएकी हुन् । यसअघि गायक राईले सङबुङ र आफू प्रेम सम्बन्ध रहेको र चाँडै नै विवाह बन्धनमा बाँधिने संकेत भनेका दिएका थिए । तैपनि उनीहरुले आफ्नो प्रेमसम्बन्धलाई गुपचुप नै राख्दै आएका थिए ।

प्रेमसम्बन्धबारे बाहिर हल्ला चलेपनि विवाह बन्धनमा नबाँधिदै उनीहरुलाई पुत्रलाभ भएको खबर बाहिरिएको छ । उनीहरुलाई पुत्रलाभ भएको खबर पुष्टि गर्ने आधार सङबुङले टिकटकमा राखेको एक भिडियोले पुष्टि गर्छ । उनले टिकटकमा आफू सुत्केरी भएर भर्खरै जन्मिएको शिशुलाई राजेशपायलले स्यहारसुसार गरेको भिडियो सेयर गरेकी थिइन् । पछि उनले उक्त भिडियो डिलिट गरेकी थिइन् । सङबुङ राजेशपायलभन्दा २६ बर्ष कान्छी हुन् । राजेशपायल ४६ वर्षका भए सङबुङ अहिले २० वर्षकी छन् ।

  • October 1, 2022 प्रकाशित
  • सम्बन्धित