काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे समझदारीपश्चात् पार्टीमा फर्किएकाहरुलाई आत्मालोचनाविना आगामी मंसिरमा हुने निर्वाचनको टिकट नदिइने अडान जारी राखेका छन् ।
बुधबार बसेको एमालेको पदाधिकारी बैठकमा यसअघिकै भाषा दोहोर्याउँदै पुनः आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटमा १० बुँदे समझदारीपश्चात् पार्टीमा फर्किएकाहरुको बारेमा आत्मालोचनाविना टिकट कसरी दिने भन्दै अध्यक्ष ओलीले प्रश्न गरेका थिए ।
अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी भएका एक नेताले भने, ‘अध्यक्षलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गर्ने नेताहरुलाई बिना कुनै आत्मआलोचना कसरी टिकट दिने ? हामीबाट गम्भीर गल्ती भयो भनेर लिखित रुपमा आत्मआलोचना गर्नुपर्छ ।’
प्रधानमन्त्री रहँदा ओली संसद विघटनपश्चात् पुनः प्रधानमन्त्रीका लागि विश्वासको मत लिन खोज्दा एमालेका २८ सांसद प्रतिनिधिसभाका अनुपस्थित भएका थिए । पछि माधवकुमार नेपाल एमालेबाट छुट्टिएर अलग्गै नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गराए । उक्त पार्टीमा २८ मध्ये १२ भाई एमालेमै फर्किएका थिए ।
अहिले ओली पार्टीमा फर्किएका यी नेताहरुलाई बिनामाफी निर्वाचन दिने मुडमा छैनन् जबकि आफ्नै पार्टीको अध्यक्षले विश्वासको मत माग्दा उनीहरुले दिएनन् । अहिले ओली त्यहिँ रिस उनीहरुसँग फेर्न चाहेका छन् ।
याे पनि :