जापानमा महिलाको औसत तलब ३० लाख येन पुर्याइयो
  • मूलधार

टोकियो । जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ ।

जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर) पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।

राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन ९३० हजार ६ सय १३ डलर० थियो ।

जुन सन् २०२० को तुलनामा २।४ प्रतिशतले बढी हो ।सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन (३७ हजार ६ सय ६१ डलर) थियो ।

सन् २००२ यताकै उच्च हो तर सन् १९९७ मा ५७ लाख ७० हजार येन (३९ हजार ८ सय ७२ डलर) भन्दा कम हो । जापानमा पुरुषको तुलनामा महिलालाई ४५ प्रतिशत कम तलब दिइएको छ ।

  • September 28, 2022 प्रकाशित
  • सम्बन्धित