इन्स्टाग्राममा शृंखला र सिसन दुवैले एकअर्कालाई गरे अनफलो, के ‘ब्रेकअप’ भएको हो ?
  • मूलधार

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ दुवैले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन्।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको भनिए तापनि उनीहरुबीच इन्सटाग्राममा भएको अनफलोले सम्बन्धमा दरार आएको अड्कल काटिएको छ ।

बाहिर खुलस्त रुपमा आफूहरुबीचको सम्बन्धलाई नदेखाए पनि शृंखला र सिसन प्राय गोप्य भेटमा हुन्थे । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गर्दै आइरहेका थिए । त्यसो त सिसन श्रृंखलालाई भेट्न अमेरिका नै पुगेका थिए ।

तर, अहिले एकाएक यी दुवैले एकले अर्कालाई इन्स्टाग्राममा अनफलो गरेपछि ब्रेकअप भएको हल्ला चल्न थालेको छ । यसको मतलब दुईबीचको सम्बन्ध सुमधुर छैन भन्ने देखाएको छ ।

  • September 27, 2022 प्रकाशित
  • सम्बन्धित