विदेशी पर्यटकलाई स्वागत गर्दै यसरी मनाइयो विश्व पर्यटन दिवस (तस्वीर)
  • मूलधार

काठमाडाैं । ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । विदेशी पाहुनालाई सत्कार आज पोखरा विमानस्थलमा पहिलो उडानबाट आउने पर्यटकलाई स्वागत गरिएको छ ।

४३ औँ विश्व पर्यटन दिवसका अवसरमा मङ्गलबार पोखरा विमानस्थलमा पहिलो उडानबाट आइपुगेका पर्यटकलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले भव्य स्वागत गरेका छन् ।

पोखरा घुम्न मङगलबार पोखरा विमानस्थल आइपुगेका विदेशी पर्यटक । तस्बिरः राधिका कँडेल/रासस

पर्यटन दिवसकै अवसरमा पोखराको नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले अवलोकन पनि गरेका छन् । अवलोकनमा नेपालबाट विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका उडान कम्पनीका अधिकारी, भारतीय तथा नेपाली सञ्चारकर्मी, पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि सहभागी रहेका थिए । सहभागीलाई नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले विमानस्थलको भौतिक अवस्था लगायतका विषयमा जानकारी गराए ।

गृह मन्त्री बालकृष्ण खाँण त्रिचालीसौँ विश्व पर्यटन दिवसका अवसरमा मङगलबार रुपेन्देहीको नेपाल–भारत सीमा नाका बेलहियामा विदेशी पर्यटकलाई स्वागत गर्दै । तस्बिर नरेश केसी/रासस

यस्तै, विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई स्वागत एवं सम्मान गरेका छन् । स्वागत तथा सम्मान कार्यक्रममा लाखे नाचसमेत प्रस्तुत गरिएको थियो ।

विश्व पर्यटन दिवसका अवसरमा प्रदेश नं १ को पर्यटन तथा संस्कृति मन्त्रालयले पनि प्रदेशका महत्वपूर्ण पर्यटकीयस्थल समेटिएका पुस्तक विमोचन एवं सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमलाई प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई गरे।

त्रिचालीसौँ विश्व पर्यटन दिवसका अवसरमा मङगलबार पोखरा विमानस्थलमा पहिलो उडानबाट आइपुगेका पर्यटकलाई स्वागत गर्दै शिक्षा, संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ष्ठ । तस्बिरः राधिका कँडेल/रासस

त्रिचालीसौँ विश्व पर्यटन दिवसका अवसरमा दरबार स्क्वायरस्थित खौमामा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई भादगाउँले टोपी लगाएर स्वागत गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति । तस्बिरः लक्ष्मी गारु/रासस

त्रिचालीसौँ विश्व पर्यटन दिवसका अवसरमा दरबार स्क्वायरस्थित खौमामा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई पुष्पगुच्छाले स्वागत गर्दै भक्तपुरका नगर प्रमुख सुनिल प्रजापति । तस्बिरः लक्ष्मी गारु/रासस

विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकलाई स्वागत एवं सम्मान कार्यक्रममा लाखे नाच प्रस्तुत गरिँदै । तस्बिर : रमेश गिरी/रासस

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को अवसरमा मङ्गलबार प्रदेशका महत्वपूर्ण पर्यटकीयस्थल समेटिएका पुस्तक विमोचन गर्दै। तस्बिर ः मनोज दाहाल/रासस

त्रिचालीसौँ विश्व पर्यटन दिवसका अवसरमा ठमेल पर्यटन विकास परिषदको आयोजनामा विभिन्न सङघसंस्थाको सहकार्यमा आज निकालिएको प्रभातफेरी । तस्बिर : अच्युत रेग्मी/रासस

 

  • September 27, 2022 प्रकाशित
  • सम्बन्धित