डेंगुबाट ३२ को निधन, संक्रमितको संख्या पुग्यो २५ हजार ५४३
  • मूलधार

काठमाडौं । डेंगु संक्रमितको संख्या २५ हजार ५४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् भने हाललेसम्म डेंगु संक्रमणका कारण ३२ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बागमतीपछि लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।

 

  • September 26, 2022 प्रकाशित
  • सम्बन्धित