डेंगु संक्रमितको संख्या २४ हजार ४९२ पुग्यो, २९ को मृत्यु
  • मूलधार

काठमाडौं । हालसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण रहेपनि आइतबार साँझसम्म संक्रमितको संख्या बढेर २४ हजार ४९२ जना पुगेको हो ।

आइतबारसम्म डेंगु संक्रमणका कारण २९ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेको छ । बागमतीमा १९ हजारमा डेंगु संक्रमण रहेको छ भने लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

  • September 25, 2022 प्रकाशित
  • सम्बन्धित