राष्ट्रिय गानका रचयिता ब्याकुल माइलालाई मासिक ५० हजार भत्ता दिने सरकारको निर्णय
  • मूलधार

काठमाडौं । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला) लाई सहज जीवनयापन गर्नका लागि सरकारले आर्थिक रकम थप गरेको छ ।

यसअघि २५ हजार उपलब्ध गराउँदै आएको सरकारले थप २५ हजार गरेर ब्याकुल माइलालाई मासिक भत्ता ५० हजार भत्ता दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ब्याकुल माइलालाई सहज जीवनयापनका लागि अब मासिक ५० हजार दिइने जानकारी दिएका छन्।

उनले भने, ‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला) लाई सहज जीवनयापनका लागि यसअघि मासिक २५ हजार रूपैयाँ भत्ता दिँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’

  • September 25, 2022 प्रकाशित
  • सम्बन्धित