हेटौँडाको डिजास्टर रिकभरी सेन्टरमा आगलागी
  • मूलधार

हेटौँडा । हेटौंडा–४ को हुप्रचौरमा सरकारी सूचनाहरु ‘ब्याक–अप’ गर्न स्थापना गरिएको डिजास्टर रिकभरी सेन्टर (डिआरसी) मा आगलागी भएको छ ।

ब्याट्री पड्किएर आगलागी भएपछि अहिले आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली खटिएको छ ।

उपहानगरको दमकलसहित विभिन्न निकायका टोली आगलागी नियन्त्रणका लागि खटिए पनि आगो नियन्त्रणमा लिइ नसकिएको बताइएको छ । आगलागीबाट क्षतिको पुरा विवरण बुझ्न काठमाडौंबाट टोली जान लागेको पनि बताइएको छ । साथै, क्षति विवरणबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

  • September 25, 2022 प्रकाशित
  • सम्बन्धित