काठमाडौं । किरात राई विद्यार्थी (किरावी) संघको राष्ट्रिय सम्मेलन धनकुटामा हुने भएको छ ।
केन्द्रीय परिषदको तेस्रो बैठकले ‘पहिचान, भाषा र संस्कृति संरक्षणको लागि शैक्षिक जागरण, बृहत जनदबावसहित किरात स्वायत्त राज्य नामाकरण’ भन्ने नारासहित १०औं सम्मलेन धनकुटामा गर्ने निर्णय गरेको हो । सम्मलेन आगामी मंसिर २६, २७ र २९ गते हुने संघका महासचिव रविन राईले जानकारी दिए । सम्मेलनले नयाँ नेतृत्व चयनसँगै संघको भावी कार्यदिशा तय गर्ने छ ।
बैठकले किरावी संघका अध्यक्ष जितेन राईको संयोजकमा मूल आयोजक समिति निर्माण गर्ने निर्णय गरेकाे छ । १५ सदस्य पछि मनोनित गर्ने गरी ९१ सदस्यीय मूल आयोजक समिति निर्माण गरिएको महासचिव राईले जानकारी दिए । उनका अनुसार उपसमितिहरु र उपसमितिको जिम्मेवारी आगामी बैठकले तय गर्ने छ ।
किरत राई यायोक्खका अध्यक्ष दिवस राईको प्रमुख आथित्यमा बसेको बैठकेले १७ बुँदे घोषणा पत्र पनि जारी गरेको छ । प्रदेश नम्बर १ लाई किरात प्रदेश नामाकरण गर्नुपर्ने, बहुभाषिक विश्वविद्यालयको स्थापना गर्नुपर्ने, मातृभाषा शिक्षा नीति लागू गर्नुपर्ने, रामप्रसाद राईलाई राष्ट्रिय विभुति घोषण गर्नुपर्ने, मातृभाषा विषयको शिक्षक कोटा निर्धारण गर्नुपर्ने संघको माग छ ।
त्यस्तै आगामी निर्वाचनमा किरात प्रदेश नामाकरण पक्षधर व्यक्ति र पार्टीलाई मतदान गर्न, किरात श्रृजंगा लिपीको प्रयोग गर्न, भाषा र संस्कृति संरक्षणमा जुट्न संघले अग्रह गरको छ ।
यस्तो छ घोषणापत्र
१. प्रदेश नम्बर १ लाई किरात प्रदेश नामाकरण गर ।
२. आगामी निर्वाचनमा किरात प्रदेश नामाकरण पक्षधर व्यक्ति र पार्टीलाई मतदान गरौँ ।
३. किरात श्रृजंगा लिपीको प्रयोग गरौं ।
४. भाषा र संस्कृति संरक्षणमा जुटौँ ।
५. बहुभाषिक विश्वविद्यालयको स्थापना गर ।
६. त्रि–भाषिक शिक्षा नीति पूर्णरुपमा कार्यन्वयन गर ।
७. मातृभाषा शिक्षा नीति लागु गर ।
८. मातृभाषा विषयको शिक्षक कोटा निर्धारण गर ।
९. स्थानीय पाठयक्रम र मातृभाषाको पाठयक्रमा मातृभाषाको विषय नै समावेश गर ।
११. संस्थापक अध्यक्ष नवीन राईको अवस्था तत्काल सार्वजनिक गर ।
१२. जननायक रामप्रसाद राईलाईै राष्ट्रिय विभुति घोषण गर ।
१३. किरात कालिन एतिहासिक गढी, थुम र दरबारहरूको संरक्षण र सर्वद्धनको पहल गरौं ।
१४. संयुक्त राष्ट्रिय घोषणा पत्र र आइएलओ १६९ लाई कार्यन्वयन गर ।
१५. शिक्षामा व्यापारीकरण अन्त्य गर ।
१६. सबै तहको सरकारमा हुँदै आएको भ्रष्टचार र कमिसन बन्द गर ।
१७. सम्पूर्ण आदिवासी एक होऔं ।