गायिका जेरुसा राई बेपत्ता, जेरुसाकी आमा भन्छिन्, ‘छोरीलाई डिप्रेसन र डेंगु संक्रमण थियो’
  • मूलधार

काठमाडौं । गएराति (बिहीबार) देखि बेपत्ता गायिका जेरुसा राई अझैँ फेला परेकी छैनन् । बिहीबार साँझ ७ बजे आसपास घरबाट निस्केकी जेरुसा अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमाले मूलधारलाई बताइन् । जेरुसाकी आमाका अनुसार प्रहरीले खोजतलास गर्दा ७ : ४० सम्म सीसीटिभी फुटेजमा जेरुसा हिँडेको देखिएपनि त्यसपछि छोरी जेरुसाको अवस्थाबारे पत्ता लगाउन सकेको छैन ।

जेरुसाकी आमाले छोरी डिप्रेसन रोगी र डेंगु संक्रमित रहेको पनि बताइन् । युवा पिढीमाभफ चर्चित रहेकी गायिका जेरुसा अढाइ महिनाअघि बेलायतबाट स्नातकोत्तर पढाइ सकेर नेपाल फर्केकी थिइन् ।

बिहीबार साँझ ललितपुरको धोबीघाटबाट जेरुसा एक्कासी हराएकी थिइन् । जेरुसा बेपत्ता भएपछि उनले लेखेको नोट प्रहरीले फेला पारेको थियो । नोटमा लेखिएको थियो– ‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।’ प्रहरीले बेपत्ता भएकी जेरूसाकाे खाेजी कार्य जारी राखेकाे छ ।

 

  • September 23, 2022 प्रकाशित
  • सम्बन्धित