भोलिदेखि किरात राई यायोक्खाको ११ औँ महाधिवेशन : उद्घाटन सत्र सभा गृह, बन्द सत्र बोडे
  • मूलधार

काठमाडौं । किरात राई यायोक्खाको ११ औँ महाधिवेशनको उद्घाटन सत्र शनिबार (भोलि)देखि चल्ने भएको छ । काठमाडौंंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा भोलि दिउँसो साढे १२ बजे यायोक्खाको ११ औँ महाधिवेशनको उद्घाटन हुन लागेको हाे ।

यायोक्खाको बन्दसत्र भने भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा हुने भनिएको छ । बन्द सत्र दुई अर्थात् आइतबार ९ गतेदेखि १० गते सोमबारसम्म चल्नेछ ।

कार्यक्रमको उद्घाटन सत्रमा लोकप्रिय कलाकारहरुको पनि भव्य प्रस्तुती रहेको आयोजक यायोक्खाको मूल समारोह समितिले जनाएको छ । यायोक्खाले ११ औँ महाधिवेशनको नारा– ‘किरात सभ्यता, इतिहास, भूगोल र संस्कृतिको सम्मान हाम्रो संकल्प, १ नं. प्रदेश किरात प्रदेश नामकरण नै प्रदेशवासीको अन्तिम विकल्प’ रहेको छ ।

  • September 23, 2022 प्रकाशित
  • सम्बन्धित