दयाहाङ राईलाई पुत्रलाभ, दोस्रो सन्तानको बुवा बनेकाेमा खुसी साटे
  • मूलधार

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको बुवा बनेका छन् । शुक्रबार उनकी श्रीमति बेनुका राईले दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्।

दोस्रो सन्तानलाई स्वागत गर्न पाउँदा खुसी लागेको अभिनेता दयाहाङले बताएका छन् । उनका अनुसार आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको छ ।

दयाहाङ अहिले बसुन्धारास्थित इसान अस्पतालमा रहेका छन् । चलचित्र सुटिङमै व्यस्त रहेका उनी केही समयअघि हस्पिटल पुगेको बताएका छन् । दयाहाङ अहिले रामबाबु गुरूङद्वारा निर्देशित ‘फूलबारी’ चलचित्रको सुटिङमा व्यस्त रहेका छन्।

  • September 23, 2022 प्रकाशित
  • सम्बन्धित