दुलाहा बन्दा यस्तो देखिए बुद्धि तामाङ (तस्वीर)
  • मूलधार

काठमाडौं । अनु थिङसँगको लामो समयदेखिको प्रेमलाई अभिनेता एवं हास्य कलाकार बुद्धि तामाङ ‘हैट’ ले विवाहमा परिणत गरेका छन् । शुक्रबार बुद्धि र उनकी प्रेमिका अनु विवाह बन्धनमा बाँधिएका हुन् ।

बुद्धिले बिहीबार मात्रै मकवानपुरकी अनुसँग लामो समयदेखि प्रेम सम्बन्धमा आफू रहेको र विवाहको तयारीमा रहेको खुलाएका थिए । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित बुद्धि तामाङले थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका छन् ।

उनी पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त हुने गरेका छन् । बुद्धिले आफ्नो विवाहमा सीमित आफन्त र सहकर्मीहरुलाई मात्रै निम्तो गरेका छन् ।

  • September 23, 2022 प्रकाशित
  • सम्बन्धित