मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, उद्धार कार्य जारी
  • मूलधार

हेटौंडा । बिहीबार काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको यात्रु बस मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर अनुसार भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको छ भने केही यात्रु बसभित्र थिचिएको आशंका गरिएको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ । बस दुर्घटनाबारे उद्धार जारी रहेकोले थप विवरण आउन बाँकी रहेको छ ।

१२ घुम्तीमा बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बसका चालक फरार छन् भने उनको खोजी कार्य र थप अनुसन्धान भइरहेको छ।

  • September 22, 2022 प्रकाशित
  • सम्बन्धित