अनु थिङसँग विवाह गर्दै बुद्धि तामाङ
  • मूलधार

काठमाडौं । अभिनेता एवं हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन्। भोलि (शुक्रबार) मकवानपुरकी अनु थिङ तामाङसँग तामाङ परम्पराअनुसार विवाह सम्बन्धमा बाँधिन लागेका हुन्।

अभिनेता तामाङले अनुसँग मागी विवाह गर्न लागेका हुन् । बुद्धिसँग विवाह गर्दै गरेकी ३० वर्षीया अनु हाल स्नातक तहमा अध्ययनरत छिन्। मेरी बास्सैमा ‘हैट’ नामबाट कहलिएका बुद्धिले थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका छन् ।

  • September 22, 2022 प्रकाशित
  • सम्बन्धित