पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै
  • मूलधार

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा पूर्वआइजीपी खनाललाई एमाले प्रवेश गराउन लागेका हुन् ।

एमाले स्रोतका अनुसार बुधबार ओली र खनालबीच बालकोटमा भेटघाट भएको थियो । भेटघाटमा ओलीले खनाललाई एमाले महत्वपूर्ण जिम्मेवारी दिने भनेको बताइएको छ ।

साथै, खनाललाई जनुसुकै ठाउँबाट उम्मेदवार बनाउनसमेत ओली तयार रहेको बुझिएको छ । खनाल नेपाल प्रहरीका २६ औँ प्रहरी महानिरीक्षक हुन् । उनलाई विसं २०७४ चैत्र २६ गते बसेको नेपालको मन्त्री परिषदको बैठकको निर्णयले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो । विसं २०७४ चैत्र २८ गते प्रकाश अर्यालले अवकास प्राप्त गरेपछि २९ गतेबाट सर्वेन्द्र खनालले कार्यभार सम्हालेका थिए । र, २०७६ माघमा अवकाश लिएका थिए ।

  • September 21, 2022 प्रकाशित
  • सम्बन्धित