हर्क साम्पाङलाई काठमाडौं महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेको काम गराई मन पर्यो
  • मूलधार

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले काठमाडौं महाननगर प्रहरी बलको प्रमुख (एसपी) राजुनाथ पाण्डेको खुलेरै प्रशंसा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् एसपी पाण्डेको काम गराई आफूलाई मन परेको भन्दै मेयर साम्पाङले उनलाई स्याबासी पनि दिएका छन् ।

सामाजिक सञ्जालमा प्राय स्टाटस लेखिरहने साम्पाङ र काठमाडौं महानगर प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) बीच स्टाटसकै आधारमा तिक्तता उब्जिएको थियो । र, दुवैले फेसबुकमै असन्तुष्टि पोख्दै आएका थिए ।

तर, पछिल्लो समय काठमाडौं महानगरको काम गराइ देखेर मेयर साम्पाङ खुसी देखिएका छन् । उनले लेखेका छन्– ‘सुरक्षा निकाय फितलो भयो भने राज्य कमजोर हुन्छ ! यी व्यक्तिको काम गराइ मलाई मन परो ! स्याबास ।।।’

  • September 20, 2022 प्रकाशित
  • सम्बन्धित