सपनाले खाेलिन् ट्याँटु खोप्नुको कारण र रहस्य
  • मूलधार

काठमाडौं । सपना रोका मगर म्याग्दीको मध्यम वर्गीय परिवारमा जन्मिएकी हुन् । सानाे उमेरमै अनेकन् आरोह, अवरोह छिचोलेकी  २१ वर्षीया सपनाले १८ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय छाप राख्न सकिन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को १०० प्रभावशाली महिलाको सूचिमा परेपछि उनको चौतर्फी तारिफ भयो । अहिले पनि सपना बेवारिसे लासहरुकाे सद्गद् गरिनै रहेकी छन् ।

जन्मेपछि मान्छेका आआफ्ना भोगाइहरु हुन्छन् । कसैको सुख, कसैको दुःख र कष्ट । सपना पनि एसईईपछि उच्च शिक्षा पढ्नका लागि सदरमुकाम बेनी गइन् । त्यसपछि उनको जीवनमा अनेकन् उतारचढाब सुरु भयो । सपना भन्छिन्, ‘त्यसपछि नै मेरो जिन्दगीका काला दिनहरु सुरु भयो । र, अहिले पनि भोग्दैछु ।’

सपनाको त्यस्तो भोगाइ के थियो ? सडकमा सपना कसरी पुगिन् । ‘मेरो धेरै साथीहरु थिए । आमाबुवाले उच्च शिक्षा पढ्न झोलाभरी मकै भटमास हालेर पठाउनुभयो । तर, म सहरी वातावरणमा घुलमिल भए र जिन्गदगीलाई मिस्युज गरे । बाहिर कतिपयले लागूपदार्थ युज गरेको भन्ने छ त्यो गलत हो । आज २१ वर्षको भए अहिलेसम्म लागू पदार्थ हातमा लिएको पनि छैन ।’

सपना आफूले लागू पदार्थ सेवन नगरेको तर, ती साथीभइहरुसँग सम्बन्ध भने स्विकार्छिन् । साथीहरुले आफूसँग पैसा माग्ने, ब्ल्याकमेल गर्ने गर्थे तर, आफूसँग पैसा नभएपछि साथीहरुले माग्दा घर गएर साथीहरुका लागि सपना पैसा मागेर लग्थिन् र साथीहरुलाई दिन्थिन् । सपनाले नेपाली पोडकास्टमा विश्व लिम्बूसँग भनेकी छिन्, ‘सबैसँग मीठो बोल्नु, कसैको दुःख देख्न नसक्नु मेरो कमजोरी भयो । र, सबैलाई सजिलै विश्वास गर्नु नै मेरो कमजोरी भयो ।’

सामाजिक सञ्जालमा सपनाको त्यो बेवारिसे तस्वीर कसरी सार्वजनिक भयो त ? सपना भन्छिन्, ‘थर्ड पर्सनले कुराकानीका क्रममा त्यो तस्वीर आएको हो । १४ वर्षको उमेरमा आमाको काखमा रमाउने उमेरमा मैले पारिवारिक जिम्मेवारी सम्हाल्न सकिन र म सडकमा पुगे । मसँग ती साथीहरु पनि थिएनन् । घरपरिवार कसरी जानू ? अनि म सडकमा पुगे । जिन्दगीको सुरुवात गर्ने उमेरमै म सडकमा पुगे । बुटवलका ती गल्ली, सडकहरुमा म पुगे ।’

सपना किशोरावस्थामा लहैलहैमा लागेर बिग्रिइन्, सडकमा पुगिन् । परिवारबाट टाढा भइन् । परिवारसँग जोडिन जाने अवस्थै थिएन । १४ वर्षको उमेर बिहे गर्ने उमेर होइन, कानुनले त्यो उमेरलाई मान्दैन, अवैधानिक मान्छ । सपना ललाइफकाइमा परेर विगतमा ती भोगाइ भोगिन् । अहिले सपनालाई विगत सम्झिदा आङ सिरिङ सिरिङ हुन्छ र विगतलाई पाठ बनाएर वर्तमान बनाउन चाहन्छिन् सपना ।

सडकमा पुगेपछि…

एउटा ठूलो रेष्टुरेन्टको फोहोर फाल्ने ठाउँ कहाँ छ भनेर सपना भोको पेटको खोजीमा हिँड्थिन् । रेष्टुरेन्टमा गएकाहरुले खाइ नसकेर फालिएका खानाहरु कतिबेला फालिन्छ भनेर उनी धुमधुम्ति पर्खिन्थिन् । जाडो मौसमका ती कठ्याङ्ग्रा रातहरु कसरी कटाए भनेर अहिले पनि सपना कल्पनामा डुब्छिन् । ‘राति १२ बजे ती गल्लीहरुमा आफूलाई कसरी बचाए होला ? अहिले सम्झिदा आफूलाई कन्ट्रोल गर्न सक्दिन । १२ बजेको त्यो समय, केटाहरुको ग्याङ (भीड)देखि इज्जत बचाए ।’

सपनाले ट्याटु पनि खोपेकी छन् तर अहिलेसम्म उनले यो कुरा सोसल मिडियाहरुमा कहिल्यै पनि भनेकी छैनन् । सोसल एक्टिभिस्ट भएर किन यति धेरै ट्याटुहरु हानेको भन्छन् । सपना भन्छिन्, ‘वास्तवमा मेरो यो ट्याटुहरुचाहिँ त्यो ब्वाँसोहरुको नंग्रका निशानहरु कभर गर्न ट्याटु हानेको हुँ । ट्याटु हानेको निशानले आफूमाथि झम्टिने र इज्जत लुट्नबाट हरदम बचाउथे ।’

दिउँसोभरी मन्दिरमा स्याउ, केरा मागेर बस्थिन् । निकै कष्ठका साथ दिनभरी माग्दा माग्दा स्याउ, केरा पाउँथिन् । तर, मुखमा हाल्नै लाग्दा आफू सामुन्ने भएका बच्चाहरु ‘बचेराजस्तै आँ आँ’ गरेपछि आफूले मागेर पाएको फलफूल ती बालबच्चाहरुलाई बाँड्थिन् सपना ।

मागेर खाना नपाएपछि उनी बोतलको पानीले कयौँ दिन भोक, तिर्खा मेट्थिन् । बुटवलका ती रोडहरुले अझैँ पनि सपनालाई ऐँठान दिन्छ । सुरुमा त सपनाले आफूलाई जसोतसो अनेकन गेर इज्जत बचाइन् । तर, सधैँ समय एकनास नहुने हुनाले सपनाले एउटा उपाय अपनाइन् ।

दिनभर सडकभर मागेर हिँडेपनि रातिको समय भने सपना बुटवलको प्रहरी चौँकीनजिकै बस्थिन् । किनकि आफूलाई कसैले आक्रमण गर्यो भने सजिलै प्रहरीलाई गुहार्न सकूँ ।

बीबीसीमा नाम आएपछि…

बीबीसीले १०० प्रभावशाली महिलाको सूचीमा नाम दर्ज गरेपछि सपना बुटवल गइन् । त्यहाँ उनी सरप्राइज भइन् । सडकमा बस्दा चिनेको पाले दाई (प्रहरी) इन्चार्ज भएका रहेछन् । र, सरप्राइज दिनका लागि त्यहिँ दाईलाई आयोजकले निम्त्याएका रहेछन् । ‘बहिनी तिमी अझैँ पनि ज्यूँदै छौँ भन्दै रुनुभयो–मलाई त तिमीलाई कसैले रेप गरेर मार्यो वा सुसाइड गर्यौँ भन्ने सम्झेको थियो । तर, तिमी ज्यूँदौँ मात्र होइन यति ठूलो अचिभमेन्ट गरेछौँ । म असाध्यै खुसी छु ।’

भीडमा…

सडकमा हुँदा शारिरीक सम्बन्ध राख्न खोज्नेहरुलाई पनि सपनाले त्यो भीडमा देखिन् । उनीहरुले सपनासँगै सेल्फी खिचे । सपना भन्छिन्, ‘हिजो मरेर बाँचेको यहिँ देख्नलाई रहेछ, थियो ।’

५, ६ महिनाको त्यो समय सम्झिँदा सपनालाई विगत सपनाजस्तो लाग्छ । पेटको भोक मार्न सडक चहार्दा सपनालाई गाली गर्थे– ‘खाते, पाखे पर जा ।’ सपना अहिले विगतबाट वर्तमानमा आउँदा सुकिली छिन् तर, सपना कुनै फोहोर मान्छे आए गम्लङग हाल्छिन् । बात मार्छिन् । उनी भन्छिन्– ‘हिजोको भोगाइले नै आज बाँच्न सिकाउने रहेछ ।’

  • September 20, 2022 प्रकाशित
  • सम्बन्धित