संविधान दिवसको अवसरमा यसपटकको ‘मूलधार बहस’ मा गएका बहसहरुभन्दा फरक बहस गरेका छौँ । बहसका हाम्रा अतिथी हुनुहुन्छ नेपाल आदिवासी महासंघका पूर्वउपाध्यक्ष, नेपाल छन्त्याल संघका पूर्वसल्लाहकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यसमेत रहिसकेका गोविन्द । छोटकरीमा छन्त्यालको परिचय ‘इन्ट्रो’ दिनुपर्दा उनी अभियन्ता, अधिकारकर्मी र अनुसन्धानकर्ता हुन् । आदिवासीसम्बन्धी विशेष अनुसन्धान गर्ने छन्त्याल राज्यसत्ता र त्यसले देशमा थोपरेको विकृतिविरुद्ध बुलन्द आवाज उठाइरहेका छन् ।
२०७२ असोज ३ गते बनेको संविधान जनताले चुनेका जनप्रतिनिधिमार्फत बन्यो । यस दिनलाई ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको पनि भनियो । र, यहिँ दिनको सम्झनामा संविधान दिवस मनाइदै आइएको छ । तर, गोविन्द छन्त्याल समग्र नेपाली समाजलाई धागोमा उन्नुपर्ने संविधान चुडाउने बनेको ठोकुवा गर्छन् ।
‘नेपाली समाजलाई धागोमा उन्नुपर्ने बन्नुपथ्र्याै तर, चुडाउने संविधान बन्यो । र, हामीले यसलाई संविधान जारी भएको दिनदेखि नै अधुरो र अपुरो छ भन्दै आएका छौँ,’ छन्त्याल प्रश्न गर्छन्, ‘पहिचानको विषयमा जस्ले हक र दाबी गरे ती पहिचान कहाँ सम्बोधन भए ? गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिमलगायतका नामै राख्नु थियो भने किन प्रदेश ल्याउनु किन ? यो त जस्ले हिजोदेखि शासनसत्तामा हालीमुहाली गर्दै आएका थिए उनीहरुलाई सजिलो बनानका लागि न हो ।’
अन्तरिम संविधानमा समावेशीकरणको सन्दर्भमा जुन खालका स्पिरिट थिए त्यो २०७२ मा मेटाइएको पनि उनको भनाइ छ । सदियौँदेखि शासनसत्तालाई आफ्नो कब्जामा राखेर खस, आर्यले राज्यमाथि दोहन गरिरहेको र समावेशीकरणलाई अघि हिँडाउनै नचाहेको उनी बताउछन् ।
देशभित्रका कुनै पनि भाषा अब्बल र दुर्बल भन्ने बुझाइ नै अहिलेसम्म चिर्न नसकिएको र राज्यले त्यो चिर्नै नसकेकोमा छन्त्याल प्रश्न गछ्र्रन्– लोक सेवा परीक्षा खस, आर्यको भाषा नेपाली होइन लिम्बूमा गरौँ न, मैथिली, थारु भाषामा गरौँ न त ? खरर नेपाली भाषा बोल्न, लेख्न जान्दैमा कसैको क्षमता मापन गर्न नहुने र आज देश यहिँ कारण पछि परेको उनी ठोकुवा गर्छन् ।
बुद्धि भएकोहरुले चलाएको देश यस्तो भिखारी हुन्छ ? आफूलाई यति धेरै बुद्धि भएको भन्ठान्नेले यति धेरै देश चलाए खै त ? आज को छ मुख्यसचिव, को छ प्रधानन्यायाधीश, को छ राजनीतिको बागडोर सम्हाल्ने व्यक्ति ? अनि आज मुलुक कुन अवस्थामा छ र कस्तो हुनुपर्ने हो ?
बहुभाषिक व्यवस्थाको सवालमा पनि छन्त्याल चर्काे प्रश्न गर्छन् । उनी आज नेपालमा खस, आर्यले आफ्नो मात्र भाषालाई प्राथमिकता दिइरहेको र त्यो अन्य समुदायलाई एलर्जीझैँ भएकोले सच्चिन जरुरी रहेको उनी बताउछन् ।
उनी भन्छन्, ‘त्यसैले विकासको कुरा गर्दा मधेशमा जाँदा मैथिली भाषामा लेख्न, पढ्ने र बोल्ने व्यक्ति सिडिओ हुनुपर्छ । सोलुखुम्बुमा जाँदा शेर्पा सिडिओ हुनुपर्छ । यसरी जुन जुन ठाउँमा जसको पहिचान छ त्यो व्यक्ति त्यहाँको आधिकारीक हुनुपर्छ । आज पाठ्यक्रम कस्तो छ– महाभारत र रामायणको कथा छ । तर, मुन्दुमको कथा किन आउँदैन पाठ्यक्रममा । किन मुन्दुममै प्रश्न बन्दैन । खस, आर्य ज्ञानमात्र बेच्ने काम भएको छैन र ?’
नेपालमा आदिवासी को हो ? आदिवासी जनजातिको मुद्धाहरु उठान गर्नैपर्ने कारणचाहिँ किन ? यस विषयमा छन्त्याल आदिवासी देशको प्रकृति, सन्तुलन, विनासविनाको विकास बुझेको दिग्गज समुदाय रहेको उनी सुनाउछन् । उनी भन्छन्, ‘आदिवासी जनजाति इगालिटेरियन अर्थात् समानतामा रमाउने समु्दाय हो । प्रकृति र वातावरणलाई सन्तुलन गर्ने त्यो एउटै समुदाय हो आदिवासी जनजाति । यो मेरो भनाइ होइन दिग्गज व्यक्तिहरुले दिनुभएको अभिव्यक्ति हो ।’
छन्त्याल अब समाज भर्टिकल (ठाडो) होइन होराइजेन्टल (तेस्रो) गतिम अघि बढ्नुपर्ने बताउछन् । यदि समाज अझैँ पनि अहिलेजस्तै भर्टिकल गतिमा अघि बढ्ने हो भने विभेद, पहिचान, समावेशीकरणको मूल्यमान्यता स्थापित गर्नका लागि नयाँ विद्रोहको जन्म हुनेमा विश्वस्त हुन्छन् ।
हरेक पुस्ताले आफ्नो जीवनकालमा संघर्ष गरिररहेका हुन्छन् । ००७ सालमा राणा शासन अन्त्य भएको भनियो तर, वास्तवमा त्यो नभएको उनी बताउछन् । उनका अनुसार ०४६, ०६२÷६३ को आन्दोलन, सशत्र विद्रोहले एउटा सोच त दियो तर, समावेशीकरण र पहिचान दिएन ।