साढे २२ लाखसहित रंगेहात पक्राउ परेका उपसचिव नेपालविरुद्ध मुद्दा दायर
  • मूलधार

काठमाडौं । साउन १७ गते साढे २२ लाख रुपैयाँसहित रंगेहात पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध मुद्दा दायर भएको छ ।

काठमाडौंको होटल अरण्यबाट पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भनेर ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । ६ लाख रुपैयाँ घुस लिइसकेपछि अख्तियारले उनको गाडीमा छापा मार्दा थप १६ लाख ५० हजार रुपैयाँ फेला पारेको थियो ।

उपसचिव नेपालले प्याराग्लाइडिङको इजाजतपत्र नवीकरणसम्बन्धी काम गरिदिएवापत बीबी एयरवेजबाट सापटी स्वरुप १६ लाख ५० रुपैयाँ लिएको बताइएको छ । तर, उक्त कार्य भ्रष्टाचार नै रहेको अख्तियारले जनाएको छ ।

याे पनि :

नागपोखरीको होटेल अरण्यबाट ६ लाख घुससहित उपसचिव नेपाल रंगे हात पक्राउ

घुससहित रंगे हात पक्राउ परेका उपसचिवको गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद

  • September 18, 2022 प्रकाशित
  • सम्बन्धित