‘महाभियोग टुंगो नलागेसम्म चोलेन्द्र सर्वोच्च फर्कन मिल्दैन’
  • मूलधार

काठमाडौं ।संसद् सचिवालयले महाभियोग प्रकृया टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कन नमिल्ने जनाएको छ। राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र निलम्बित प्रधानन्यायाधीश जबरालाई पत्र लेख्दै संसद् सचिवालयले जबरा काममा फर्कन नमिल्ने स्पष्ट पारेको हो।

नौवटा आधार र कारणसहित महाभियोग लगाउनुपर्ने निष्कर्ष सहिात संसदीय छानबिन समितिले शनिबार राति संसद् सचिवालयमा प्रतिवेदन बुझाएको छ।

‘सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको कारबाही प्रारम्भ भएको हुँदा नेपालको संविधानको धारा १०१ को उपधारा (६) तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम (९) बमोजिम उक्त महाभियोगको कारबाहीको टुंगो नलागेसम्म निजले आफ्नो कार्यसम्पादन गर्न नपाउने व्यहोरा जानकारी गराउँदछु’ उक्त पत्रमा भनिएको छ।

  • September 18, 2022 प्रकाशित
  • सम्बन्धित