मैले तिरेको जरिवाना भ्रष्टाचारीको भुँडीमा नपरोस् : हर्क साम्पाङ
  • मूलधार

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोगलाई जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै साम्पाङलाई पाँच लाख ५० हजार जरिबाना रकम तोकेपछि राईले सामाजिक सञ्जालमार्फत् जवाफ दिएका हुन् । साम्पाङलाले पाँच लाख ५० हजार जरिवाना तिर्न तयार रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा लागि नभइ राजस्वमा जम्मा हुनुपर्ने बताए ।

उनले सामाजीक संजाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आफुले जरिबाना स्वरुप तिरेको रकम भ्रष्टाचारीको भुडीँ नपरोस भन्दै चेतावनी पनि दिएका छन् । उनले लेखेका छन्, ‘५ लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्’, ‘नत्र त्यो भुँडी फुटाउने गैंती चलाउन नि आम्चा हाम्लाई !’

निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने उल्लेख छ।

  • September 18, 2022 प्रकाशित
  • सम्बन्धित