हर्क साम्पाङलाई साढे ५ लाख जरिवाना, बालेनसहित ५ मेयरलाई साढे ७ लाख
  • मूलधार

काठमाडौं । चुनावी खर्च विवरण समयमै नबुझाएपछि धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्कराज साम्पाङ, काठमाडौंं महानगरका मेयर बालेन्द्र शाह (बालेन) सहित ५ महानगरका मेयरलाई जरिवाना तिर्न लगाइएको छ ।

निर्वाचन आयोगको शुक्रबारको बसेको बैठकले चुनावी परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण नबुझाएको भन्दै मेयर साम्पाङ, बालेनसहित अन्यलाई जरिवाना तिर्न लगाएको हो ।

मेयर साम्पाङले निर्वाचन खर्च नबुझाएको भन्दै साढे पाँच लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने भनेको छ। यस्तै काठमाडौंका मेयर बालेनले पनि सात लाख जरिवाना तिर्नुपर्ने आयोगले भनेको छ । यस्तै, पोखरा, विराटनगर, चितवन, पोखरा र वीरगन्ज महानगरपालिकाका मेयरले पनि निर्वाचन आयोगलाई साढे सात लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।

पोखराका मेयर धनराज आचार्य, चितवनकी मेयर रेणु दाहाल र वीरगन्जका मेयर राजेशमान सिंहलाई पनि निर्वाचन आयोगले साढे सात लाख जरिवाना तोकेको छ । आयोगका अनुसार ६ महानगरमध्ये ललितपुरका मेयर चिरिबाबु महर्जनले मात्रै समयमा विवरण बुझाएका छन् ।

मेयर महर्जनसँगै ललितपुरका उपमेयर अञ्जली शाक्य बज्राचार्य र पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले पनि समयमै आयोगलाई निर्वाचन खर्च विवरण बुझाएका छन्।

  • September 16, 2022 प्रकाशित
  • सम्बन्धित