विगतमा चुरोट, रक्सी अनि राजेशपायल
  • मूलधार

काठमाडौं । ‘रक्सीमै डुबेर झण्डै जिन्दगी नै बर्बाद पारेको छु । ट्यांकर होइन महासागर नै रक्सी पिएको छु । भन्न मिल्छ मिल्दैन मैले । रक्सी खाएको मुहान झट्टै छोडिदिने हाे भने यो अनामनगर बग्न सक्थ्यो, सक्छ । त्यसैले लिमिट थिएन । मलाई लाग्थ्यो– रक्सी मेरो लागि बनेको हो । रक्सी पचाउँथे पनि,’ यी शब्दहरु सुन्दा अचम्मै लाग्छ । तर, साँचो पनि हो ।

राजेशपायल राई अर्थात् राइज किङलाई नचिन्ने सायदै होलान् । नेपाली गीत, संगीत क्षेत्रको ‘महागायक’ भनेर पनि उनलाई पछिल्लो समय चिनिन्छ । रियालीटी शो द भ्वाइस अफ नेपाल सिजन ४ का कोचसमेत रहेका राजेशपायलको सफलताको पछाडि उत्तिकै असफलता र कठीन भोगाइहरु छन् । तर, अहिले राजेशपायल आफूलाई खुला किताब भन्न रुचाउछन् । र, यी माथिका आश्चर्यजनक भनाइहरु पनि उनै राजेशपायलले भनेका हुन् ।

रक्सीले जब हातखुट्टा नचल्ने भयो उनले महसुस गरे–‘यो नफाप्ने रहेछ ।’ विज्ञानले आज विश्वलाई नै नयाँ मोडमा पुर्याएपनि प्रकृतिपूजक किरात समुदायको किराती भएकाले कोदोको रक्सी पितृमै चढाउनुपर्छ । र, उनी रक्सीलाई पवित्र जलजस्तै मान्थे त्यतिबेला । तर,  विगतमा घटेकाे एउटा घटनाले उनलाई नयाँ जीवन दियो र उनले नयाँ जीवन पाए । जीवनमा भोगेका यस्ता किस्साहरु राजेशपायलसँग पोकाका पोका छन्, जति फुकायो उति नै विशाल ।

माध्यमिक स्कुलको शिक्षा खोटाङ बुँइपाको चम्पादेवतीबाट छिचोले । बुवा राजनीतिज्ञसँगै भूपू गोरखा आर्मी । राजेशले बुवाको बाटो रोजेनन्, फाल्टै बाटो रोजे । उनलाई विगत याद छ– ‘माइला दाई लाहुरे भए । नयाँ लुगा र क्यासेट बहुत सुनेँ । ब्याट्री सुकाएर फेरि जोडजाड गरेर रेडियोमा गीत, संगीत सुन्थेँ । राई नवीन, रवीन र मलाई एउटै लुगा ल्याउँदा निक्कै तिक्तता हुन्थ्यौँ ।’

१३ वर्षकै कलिलो उमेरमा रेडियो नेपालमा स्वर परीक्षण दिए । स्वर परीक्षणका लागि पहिलोपटक काठमाडौं आउँदा प्लेनै चढेर आएको याद छ राजेशपायललाई । लामिडाँडाबाट उनी काठमाडौं स्वर परीक्षणका लागि आएको याद आज पनि उनलाई ताजै छ ।

खोटाङबाट स्वर परीक्षण दिन्छु भनेर काठमाडौं आएका राजेशपायल सुरुमा त छक्क परे । स्वर परीक्षणका लागि रेडियो नेपाल कहाँबाट कसरी जाने ? मंसिरको समयमा काठमाडौं आएको २ हप्तापछि रेडियो नेपालको संगीत शाखामा पुगे । तर, रेडियो नेपाल छिर्नलाई सजिलो थिएन । अनेकै ‘ट्रिक’ लगाएर उनी सिंहदरबारभित्रको रेडियो नेपाल छिरेको याद छ उनलाई । सोझो तरिकाले सिंहदरबार छिर्न नपाएपछि गायक पाण्डव सुनुवारको नाम बिकाएर उनी भित्र छिरे र पहिलोपटकमै स्वर परीक्षणमा उत्तीर्ण पनि भए । उनी भन्छन्, ‘जीवनमा सेकेण्ड र फेल भएको जस्तो महसुस लाग्दैन ।’

गाउँमा मादल हुन्थे, हार्माेनियम हुने कुरै भएन । बाँसुरी हुन्थे, हल्काफुल्का राजेशपायल पनि बजाउँथे, अझैँ बजाउछन् तर प्रोफेसनल्ली भने होइन । तैपनि राजेशपायल गीत संगीत भनेपछि हुरुक्कै हुन्थे । उनी भन्छन्, ‘गीत भनेपछि गधा खटाइ हुन्थ्यो मेरो । अझैँ पनि । सायद त्यसको उपलब्धि पनि आज पाएको होला ।’

रक्सी

जीवनमा उतारचढाब भयंकर छ । म रक्सीको पियक्कड । दोकाने बबिता दिदीको कोठामा ३ दिन ३ रात खाइएछ म र खेमराज गुरुङले । पछि मचाहिँ साह्रै परेछु, खेमराज गुरुङचाहिँ घर जाने भएर गको बाहिरको प्रकाश हेर्न नसकेर फर्केर आएका छन् ।’

सन् १९९६ मा हङकङमा रक्सीकै कारण कार्यक्रम रद्ध भयो । स्टेजमै उक्लिन त उभिन नसक्ने भएका थिए राजेशपायल । ती दिन सम्झिँदै राजेश भन्छन्, ‘हङकङमा १९९६ मा कार्यक्रम नै गरिएन । रक्सी यसरी खाइयो कि हलमा पुग्दा अर्धचेत । बुलु मुकारुङ काका कार्यक्रम सञ्चालक हुनुहुन्थ्यो । त्यसपछि मैले अप्ठ्यारा दिनहरु खेपे, भोगे ।’

रक्सीकै कारण आफन्त, परिवार र देशकै नाक काट्यो भन्ने आरोप लाग्यो । र, उनले रक्सीलाई राम्रोसँग नियाले र रक्सी छाडे । खेमराज गुरुङको देहावसले त उनी यति पीडित भए रक्सीबिना एकछिन सासै फेर्न गाह्रो भयो र फेरि पिउन थाले रक्सी । सपनामा पनि खेमराज गुरुङकै झलझली याद आएपछि राजेशपायलले घर नै फेरे ।

र, फेरि मनन गरे । ‘यसले मेरो जीवन, संगीत र देशलाई नै घाटा गर्छ भने किन पिउने ?,’ राजेशपायल ती दिन सम्झिन्छन्, ‘त्यसैले किन पिउने ?’

चेन स्मोकर

‘रक्सीमात्र होइन म चेनस्मोकर पनि हुँ,’ विगत जेजस्तो भए पनि अहिले उनी त्यसलाई पाठ बनाउछन् । भन्छन्, ‘प्लेनमा चुरोट खान नपाइने तर, म यति ट्रिकी थिए कि जुत्ताको मोजाभित्र लाइटर लुकाएर लग्थे र चुरो तान्थे । ट्वाइलेटको फ्लसमा एक पप चुरोट तानेर फ्लस गरेपछि पानीसँगै धुवाँ जान्थ्यो र ४ घण्टाका लागि आनन्दित हुन्थे ।’

चुरोट पिउने कदापि राम्रो होइन तर, राजेशपायललाई त्यतिबेला आफ्नो भर चुरोटै लाग्थ्यो । विगत सम्झिँदै राजेशपायल भन्छन्, ‘चुरोट तान्नु नराम्रो हो तर, त्यतिबेला चुरोट नभए एकदम गाह्रो हुन्थ्यो । कानुन र जहाजको लागि पनि ठीक थिएन तर, चुरोट र रक्सीको बहुत लत थियो ।’

राजेशपायलका विगतका यी तमाम आनीबानी हटेपनि एउटा बानी भने ज्यूँका त्यूँ छ । त्यो हो– राति ढिलो सुत्ने । राजेशपायलको अहिले पनि सुत्दा बिहानको ३ बज्छ । विश्व लिम्बूसँगको नेपाली पोडकास्टमा राजेशपायल भन्छन्, ‘राति नसुत्ने बानीचाहिँ अहिले पनि चलिरहेको छ । यो चाहिँ मेरो बाध्यता पनि हो । कर्तव्य पनि हो । विदेशमा ज्यादा शो हुने हुँदा डिलिङ र गफ गर्दा ढिलो उठ्ने बानी परिवर्तन भएको छैन ।’

 

  • September 16, 2022 प्रकाशित
  • सम्बन्धित