काठमाडौं । साफ महिला च्याम्पियनसिपको समिफाइनल खेलको पहिलो हाफमा नेपालले भारतविरुद्ध अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको खेल पहिलो हाफको अन्त्यमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।
प्रिति राईले दिएको पासमा रश्मीले गोल गरेकी थिइन् । पहिलो हाफको खेलमा भारतले नेपाललाई कडा चुनौती दिए पनि नेपालले त्यसको सामना गरेको थियो । अन्ततः खेलको पहिलो हाफमा भारत नेपालसामू चुक्यो । १–० मा सीमित भएर पहिलो हाफको खेल सकियो ।