काठमाडौं । मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री जीवनराम श्रेष्ठले शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गते शनिबार मध्यरातदेखि संसदको ११ औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
संसदको कार्यकाल लम्ब्याउने वा घटाउने विषयबारे यसअघि संसद्मा दुईमत हुँदै आएको थियो । प्रतिपक्षले संसद्को कार्यकाल समाप्न गर्नुपर्ने भने पनि सत्तापक्षले अर्को निर्वाचन नसकिएसम्म यही संसदलाई निरन्तरता दिनुपर्ने भनेको थियो । प्रतिनिधिसभाको अन्तिम बैठक भोलि शनिबार बस्दैछ ।