एजेन्सी । युरोपा लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले मोल्दोभालाई उसकै मैदानमा २-० ले पराजित गरेको हो ।
युनाइटेडलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो र जेडान सान्चोले समान एक–एक गोल गरे । खेलको १७ औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले सुरूवाती अग्रता लियो ।
३९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। प्याट्रिक केपोजोले पेनाल्टी बक्समा डिएगो डालोटलाई फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी दिएको थियो । यो सिजनमा रोनाल्डोको यो पहिलो गोल हो ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेडले पहिलो जित निकाल्न सफल भयो ।
योसँगै युनाइटेड ३ अंक जोडेर दोस्रो स्थानमा छ । सोसिडाड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।