भोजपुर माओवादीले पाउने पक्का, सुदन र अजम्बरको दाबी
  • मूलधार

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा भोजपुर नकेपा माओवादी केन्द्रले पाउने पक्का भएको छ ।

सत्तारुढ गठबन्धममा भोजपुर माओवादीलाई दिने सहमति जुटेको हो । भोजपुरलाई नेकपाको किल्लान मानिन्छ । त्यसैले पनि भोजपुर छाड्न कांग्रेस तयार भएको एक नेताले बताए ।

आगामी मंसिर चार हुने निर्वाचनको लागि माओवादी केन्द्र भोजपुरले प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसकेको छ ।

प्रतिनिधिसभातर्फ सुदन किराती, अजम्बर काङमाङ राई, विमल खड्का र शरणकुमार तामाङ सिफारिस भएका छन् । चार जनामध्ये सुदन र अजम्बरको बलियो दाबी रहेको छ ।

अजम्बरले पनि प्रतिनिधिसभामा दाबी गरेपछि जिल्लाको राजनीतिक गफगाफमा चर्चा बढेको छ । एमालेमा हुँदा युवा संघको अध्यक्ष भइसकेका काङमाङ अशोक राईहरूसँगै संघीय समाजवादी फोरममा लागेका थिए । पछिल्लो समय उनी माओवादीमा छन् ।

कतिपयले दुईपटक जितिसकेकाले सुदन नै टिकटका लागि बलियो दाबेदारी मानेका छन् भने जनताले नयाँ अनुहार खोजेको गाउँ कमिटीबाट माग आएको जिल्ला समन्वय समितिका एक नेता बताउँछन् ।

२०७० को संविधानसभामा चुनावमा भोजपुरका दुवै क्षेत्र एमालेले जितेको थियो भने ०७४ को निर्वाचनमा माओवादीका सुदन किरातीले जितेका थिए । त्यसबेला उनलाई नेकपा एमालेको साथ थियो ।

 

  • September 15, 2022 प्रकाशित
  • सम्बन्धित