मूलधारमा नदेखिएका तस्वीर देखाउने क्रममा मूलधार बहसको यस शृंखलामा सी.एन. थारुलाई निम्त्याएका छौँ । सी.एन. थारु अर्थात चन्द्रनारायण थारु नागरिक अभियन्ता हुन् । उनी थारु समुदायको अवस्था र पहिचान बुलन्द रुपमा उठाउछन् ।
कहाँ छ आज थारु ? र कस्तो छ थारुको पहिचान र परिचय ? पटक पटक आन्दोलन लडिरहेको अवस्था भए पनि खासगरी टिकापुर घटनाबाट थारुको पहिचान र परिचय जबर्जस्त फेरिइएको उनको बुझाइ छ । उनी भन्छन्,‘थारु’ लाई आतंककारीका रुपमा राज्य र मिडियाले कहिँ न कहिँबाट प्रदर्शन गर्न खोजे । थुप्रै मूलधारका मिडियाले थारुहरुलाई राक्षसी प्रवृत्तिका रुपमा चिनाए । अहिले थारुहरु त्यो चिर्नलाई विभिन्न स्वरुपमा अघि बढिरहेका छन् । थारुको आन्दोलन लोकतान्त्रिक पद्धतिलाई अघि पुर्याउनु नै हो, आन्दोलन जारी छ ।’
थारु किन आन्दोलन गरिरहेको छ र यसको औचित्य अनि कारणचाहिँ के ? थारुको बसोबास क्षेत्र भनेको ‘नो म्यान्स लाइन’ नै भएको उनी ठोकुवा गर्छन् । पहाड र गंगाको मैदानी भाग छुट्याउने क्षेत्रमा हजारौँ वर्षदेखि थारुहरु बसोबास गरिरहेको इतिहासमा रहेको पनि उनी भन्छन् । तर, पछि विस्तारै नेपाललाई आधुनिक विस्तार गर्ने क्रममा थारुलाई त्यो क्षेत्र (कैलाली, कञ्चनपुर) ठकुरी र राणाको भनेर चिनाउन खोजियो । तर, यो इतिहास चिर्न उनी सक्रिय छन् ।
अभियन्ता सी.एन. थारुका अनुसार पदमपुर गाउँलाई भरतपुरको पूर्वको एरियाबाट ३ हजार थारुलाई सारे पनि रक्षा गर्ने, सम्झना (बहम बाबा) राष्ट्रिय निकुञ्जभित्र पर्छ तर अहिले एक दिन पूजा गर्नका लागि सेनाको तैनाथमा दिइन्छ ।
जेनेटिक भनेको ज्ञानको स्रोत हो र त्यो ज्ञानको स्रोतलाई काटेर कमजोर बनाउने, शीर निहुँराउने काम राज्यले गरेको उनको बुझाइ छ । थारुमाथि राज्यले उपनिवेश लादेको मात्र नभइ साधन र स्रोतबाट बञ्चित गरेको उनी बताउछन् । आज यहिँ कारण थारु समुदाय झन् झन् पछि परिरहको उनको दाबी छ ।
टिकापुर हत्याकाण्डको विषयमा अभियन्ता सी.एम. थारु ‘घटना’ भनेर मान्न तयार छैनन् । उनका अनुसार त्यो त राजनीतिक विद्रोह हो । इन्सपेक्टरले कमाण्ड गर्ने क्षेत्रमा राज्यले एसएसपीको टोली खटाएर निर्मम प्रहार गर्न खोज्दा रक्षाका निम्ति उत्रिदा विद्रोह भएको उनको बुझाइ छ ।