बेलायती महारानी एलिजाबेथको मृत्यु
  • मूलधार

एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार उनको मृत्यु भएको हो ।

९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको सीएनएनले जनाएको छ ।

 

  • September 8, 2022 प्रकाशित
  • सम्बन्धित