धान खेतमा ‘फिसिङ’ (तस्वीर)
  • मूलधार

काठमाडौं । दक्षिणपश्चिम चीनको युनान प्रान्तको एनिङ सहरको लुओमिङ गाउँका बासिन्दाहरू अहिले आफ्नो धान खेतमा माछा मारिरहेका छन्।

‘यस वर्ष मैले माछाको बम्पर फसल पाएको छु,’ गाउँका कृषक झाङ जुनसेङले भने । उनले २ म्यू (लगभग ०.१३ हेक्टर) भन्दा बढी धान खेतमा माछा पालन गरेको र माछाको उत्पादन १५० किलोग्रामभन्दा बढी भएको बताए।

झाङले आफ्नो माछा ४५ युआन (लगभग ६.४९ डलर) प्रति किलोग्रामको बजार मूल्यमा बेचेको खण्डमा मनग्य आम्दानी गर्न सकिने बताए। ‘हामी माछा बिक्रीको बारेमा कहिल्यै चिन्ता गर्दैनौं किनभने यहाँ माछा मार्न आउने आगन्तुकहरूले केही किन्न सक्छन् र धेरै रेस्टुरेन्टहरूले हाम्रो माछाको अर्डर गरेका छन्,’ उनले भने।

धानमा माछा राख्दा जलीय कीरा, धानका फूल र झारपात खान्छन् र तिनीहरूको मलमूत्र मलको रूपमा प्रयोग गर्न सकिन्छ । धानमा माछा पालनले गाउँलेहरूको आम्दानी बढाउन नयाँ मार्ग प्रशस्त गरेको छ।

 

  • September 8, 2022 प्रकाशित
  • सम्बन्धित