सन्दीप लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी
  • मूलधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आज (बिहीबार) जिल्ला अदालत, काठमाडौंले उनलाई अनुसन्धानका लागि पक्राउ गर्न पुर्जी काटेको हो ।

एक १७ वर्षीया नाबालिकाले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दर्ता गराएपछि प्रहरीले अदालतसँग पक्राउका लागि अनुमति मागेको थियो ।

तर सन्दीप भने क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेष्ट इन्डिज (जमैका)मा रहेका छन् । प्रहरीले अनुमति पाएकाले इन्टरपोलको सहायताबाट समेत पक्राउ गर्न सक्ने जनाएको छ ।

यसअघि सन्दीले आफूमाथि गलत आरोप लागेको भन्दै नेपाल क्रिकेट संघ क्यानसँग आफू कानुनी लडाइँमा जाने र यसका लागि क्यानले सहयोग गर्नुपर्ने बताएका थिए । उनले आरोप अस्वीकार गरिरहेका छन् ।

  • September 8, 2022 प्रकाशित
  • सम्बन्धित