विष्णु र ईश्वरले लिएर आए ‘अघि बढे भेल बाढी…’ (भिडियो)
  • मूलधार

काठमाडौं । गीतकार विष्णु आचार्य ‘अतृप्त’ को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत र स्वरमा तयार भएको ‘अघि बढे भेल बाढी…’ बोलको आधुनिक गीत शुक्रबारदेखि विन्दवासिनी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

दुःख जीवनको स्थायी सत्य हो। त्यसैले यसबाट भाग्ने होइन यसलाई सामना गर्नुपर्छ र यसका लागि उँचो आत्मबल र धैर्यताको सर्जाम जुटाउँदै जानुपर्छ भन्ने आशय बोकेको यो गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका छन् भने लिरिकल भिडियो मनोज रत्न शाहीले तयार पारेका छन्। प्रकाश मिश्रको मिक्सिङ रहेको यो गीत अकोस्ट्रीक एच.डी.नेपाल नक्सालमा रेकर्डिङ भएको हो।

यस गीतका रचनाकार विष्णु आचार्य ‘अतृप्त’को कवितासङ्ग्रह ‘घर फर्कने तिर्खा’ केही समय अघि बजारमा आएको थियो।

  • September 7, 2022 प्रकाशित
  • सम्बन्धित