जनार्दन शर्माद्वारा उप-महासचिव पद अस्वीकार
  • मूलधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले उप-महासचिव पद अस्वीकार गरेका छन् ।

बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुअघि अर्थमन्त्री शर्माले आफू उप-महासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा कार्यक्रममा उपस्थित भएको बताएका हुन् ।

उनले कार्यक्रममा भने, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिवमा देव गुरुङलाई महासचिव बनाएपछि शर्मा चिढिएका थिए ।
शर्मा गुरुङभन्दा पनि महासचिवका दह्रो दावेदार थिए । तर ४ भदौमा अध्यक्ष प्रचण्डले शर्मासहित अन्यलाई उपमहासचिव र गुरुङलाई आफूपछिको ठूलो हैसियतमा राखे ।

 

 

  • September 7, 2022 प्रकाशित
  • सम्बन्धित