एक घण्टामा १० हजार किलो आलु खन्ने चिनियाँ मेसिन (भिडियाे)
  • मूलधार

काठमाडाैं । चीनमा आलु खेतीको ठूलो क्षेत्रफल छ। हातले आलु खन्दा समय र श्रम धेरै खर्च हुने गर्छ। प्रविधिमा धनी चीनले यसको विकल्प निकालेको छ ।

अहिले चिनियाँ किसान एक घण्टामा १० हजार किलो आलु खन्छन् प्रविधिको सहायताले । चिनियाँ किसानले आलु खन्ने मेशिनको आविष्कार गरेसँगै थोरै समयमा धेरै काम गरिरहेका छन्। यो मेशिनको सहायताले कयौँ दिन लाग्ने काम एक घण्टामा १० हजार किलोग्राम आलु खन्न सकिन्छ। साथै आलुको बोक्रा निकाल्ने दर १ प्रतिशतभन्दा कमी छ। यो मेशिनद्वारा किसानले आलु खन्ने ठूलो कठिनाइको सामधान गरेका छन्।

आलु नेपालीको मुख्य खाद्य पदार्थ हो। नेपालमा आलु खेतीको क्षेत्रफल पनि ठूलो छ। नेपाली किसानले यो मेशिनद्वारा आलु खन्ने काम गरेमा समय र श्रम बचाउन सकिन्छ। र, नेपालमा पनि यो प्रविधि भित्र्याए थोरै समयमा धेरै काम गर्न सकिन्थ्यो ।

भिडियाे  हेर्न याे लिंकमा क्लिक गर्नुहाेस्

https://www.facebook.com/watch?v=1098336167471244

  • September 6, 2022 प्रकाशित
  • सम्बन्धित