काठमाडौं । मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्दा उल्टै हिरासत पुर्याइएका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरूङ थुनामुक्त भएका छन् ।
सोमबार गृहमन्त्री बालकृष्ण खाणको आदेशससँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले तारेखमा सुरक्षागार्ड गुरूङलाई थुनामक्त गर्न आदेश दिएको हो ।
आइतबार सुरक्षागार्ड गुरुङ ठमेलबाट पक्राउ परेका थिए । उनीमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लगाइएको थियो ।
मन्त्री श्रेष्ठ ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसमा पत्नीसहित जाँदा सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए । त्यस विषयमा दुई बीचमा विवाद पनि भएको थियो । विवादपछि काम सकेर मन्त्री श्रेष्ठ गएलगत्तै सुरक्षा गार्ड गुरुङ पक्राउ परेका थिए । सुरक्षा गार्ड गुरुङले नियम कानुन सबैलाई बराबरी भन्दा उल्टै पक्राउ भन्दै मत्री श्रेष्ठविरुद्ध चौतर्फी आलोचना भइरहेको छ ।