काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ वटा क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर तिर्न पत्राचार गरेको छ ।
आइतबार महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई एक साताभित्र कर तिर्न पत्राचार गरेको हो ।
महानगरले एक साताभित्र बबरमहलमा रहेको राजस्व विभागमा मनोरञ्जन कर बुझाउन भनेको छ । यदि उक्त समयभित्र कर नतिर कारबाही गरि कर असुल गरिने पनि पत्रमा उल्लेख छ ।
वागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरुले ४ वर्षदेखि नतिरेको महानगरको राजश्व विभागले पत्रमा भनेको छ ।