संसारका सबै मानिसहरुको खोज आनन्द हो । शान्ति हो । असिमित खुशी हो । माध्यम जेसुकै हुनसक्छ चाहे पैसा कमाएर होस् चाहे प्रेम गरेर होस्, सारा कर्मको सार त आनन्दको खोज नै हो ।
खुशीको श्रोत त धेरै छन् तर एकथरी मानिसहरु आनन्दको सटिक चोरबाटो समात्छन् र त्यो बाटो हो ‘ड्रक्स एडिक्सन’को । ड्रग एडिगहरुलाई लाग्छ उनीहरु संसारका सबैभन्दा शानदार समय ब्यतित गरिरहेका छन् ।
तर अनत्यमा उनीहरु सबैभन्दा ज्यादा पीडित हुन्छन् । उनीहरु आफैँमात्र दलदलमा भासिदैनन् बरु परिवार र समाजलाई पनि सताउँछन् । सारा देश र विश्वलाई संकटमा धकेल्छन त्यसैले मैले शिर्षकमै भनेको छु- ‘ट्यापे गजडी भित्ती’ मूर्दावाद !
युवापुस्ताहरु ड्रक्सको भुमरीमा फस्नुका धेरै कारण छन् तर म यो भाषणमा मुख्यत दुई कारणहरु समेटने जर्मको गरेको छु ।
पहिलो कारण हो- संगत, युवाहरु साथीभाईको समूहमा फिट हुने बहानामा होस् वा साथीभाईहरुको करकापमा आएर ड्रक्सको नशा साक्षात्कार गर्न पुग्छन् ।
दाश्रो कारण हो- सजिलो बाटो । जिन्दगीमा थुप्रै समस्याहरु आउछन् । पारिवारिक, आर्थिक समस्या आदि । जीवनका यी तमाम तनावहरसंग होसपूर्वक संघर्ष गर्न नसकेर मानिस वेहोसीको सजिलो बाटो समात्न पुग्छन् ।
ड्रक्स विश्वको प्रमुख व्यवसाय हो । नाफा कमाउनका लागि ड्रक्स माफियाहरु ग्राहक वृद्ध गर्न चाहान्छन त्यसैले ड्रक्स ट्रयापबाट बच्न युवापुस्तालाई चुनौतिको विषय हो ।
ड्रग्सबाट बच्न माथि चर्चा गरिएका दुई कारणलाई बुझ्नुहोस् ।
पहिलो- गलत साथीसंगतबाट बच्नुहोस् । र, नाई भन्ने साहस गर्नुहोस् । साथीको कुनैपनि गलत प्रस्तावलाई नकारने तागत राख्नुहोस् । चाहे संसार यताको उता किन नहोस गलत साथीसगं विछोड गरिहाल्नुहोस् ।
स्मरण रहोस, नेपोलियन बोनापार्टले भनेका थिए- ‘हे भगवान, मलाई साथीबाट बचाउ, शत्रुसंग म आफै बच्नेछु ।’ कुनै असल साथी भेटनुभएन भने बुद्धले भन्नभएजस्तो जंगलको गैंडाजस्तो एक्लै हिड्नहोस ।
दोश्रो हो- सजिलो बाटो त्याग गर्नु । जीवन भनेको आरोह अवरोहको सुन्दर धुन हो । चाहे तपाईं धनि परिवारबाट हुनुहोस या गरिब परिवारबाट । संसारका प्रत्येक मानिसको कथामा संघर्ष हुन्छ । जीवन संघर्ष हो ।
विधिको यो विधानलाई कसैले पनि उल्लघन गर्न सक्दैन । विधिको यो अनिवार्य नियमलाई आत्मसाथ गर्नुहोस् । समस्याले तपार्इंलाई खारेर बलियो बनाउछ, शुद्ध र चम्किलो बनाउँछ । यो सत्यलाई चिन्नुभयो भने तपाईंलाई कुनैपनि समस्याले ड्रक्सको अन्धकारमा धकेल्न सक्ने छैन ।
यति सत्य विज्ञान बुझ्नुहोस् की संसारमा आनन्द बाहिर छैन । बाहिरका क्रिया, आनन्दका माध्यम मात्र हुन, आनन्द त भित्र हुन्छ । हाम्रो दिमागले प्रवाह गर्ने डोपामाइन, सेरेटोनिन हर्माेन हाम्रो आनन्दको स्रोत हो ।
ड्रक्सले पनि ठूलो मात्रामा डोपामाइन रिलिज गर्दछ जसले लागू औषध प्रयोग कर्तालाई असिम आनन्द दिन्छ । तर ड्रक्सको आनन्द क्षणिक र पछि पीडादायी हुन्छ । ड्रक्स डोपामाईन रिलिज गर्ने सबैभन्दा खराब तरिका हो । यदि तपार्इं डोपामाईन प्रवाह गर्ने सबैभन्दा फाईदाकारी तरिका जान्न चाहानुहून्छ भने म बताऊँ, त्यो हो आफ्नो प्यासनलाई समात्नुहोस् ।
तपाईंले आफ्ना पयासन अर्थात लगावलाई चिनेर यसलाई एडिक्सन बनाउनुभयो भने तपाईंले आनन्द र सफलता दुवै पाउनुहुनेछ । सयौँ पापाराजीहरु तपाईंको फोटो खिच्न तँछाडमछाड गर्नेछन् । आमाको छाती गौरवबोधले फुल्नेछ तर तपाई ड्रक्स एडिक्सनमा लाग्नुभयो भने पुलिसले तपार्इंको अपराधिक चरित्रको फोटो खिच्नेछ । आमाको आँखा आशुले पुरिनेछन्, बुवाको शिर लज्जाले निहुरिनेछ ।
तपाईंलाई आवाद गर्ने मानिस तपाई स्वयं हो, तपाईंलाई वरबाद गर्ने मानिस पनि तपाई स्वयं हो ।
तपार्इं के बन्न चाहानुहुन्छ छनौट तपाईंको हो । प्रत्येक युवा परिवार, समाज र राष्ट्रको आशा हो । याद गर्नुहोस यो कक्षाका बेञ्चमा यो देशको सुन्दर मस्तिष्क हुनसक्छ ।
अन्त्यमा विवेकानन्दले भन्नुभएको थियो ‘उठ, जाग र लक्ष्य प्राप्ति नहुँदासम्म प्रयत्न जारी राख ।’
तिमी तिम्रो परिवारको आशाको केन्द्रविन्दु हौं, यो राष्ट्रका कर्णधार हौं । तिमी लागूऔषध प्रयोगकर्ता हैन राष्ट्र निमार्णकर्ता बन्नुपर्र्छ ।
धन्यवाद !